मंगलबार, चैत ६, २०८०

पटुकामा बाँधेर अवैध सुन भित्र्याउने क्रममा २ महिला पक्राउ

नेपालखोज २०७६ मंसिर ९ गते १३:५६

९ मंसिर, काठमाडौँ । रसुवागढी नाकाबाट करिब १ किलो सुनसहित २ महिला पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई सोमबार बिहान रसुवागढी नाकाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले पटुकामा बाँधेर सुन भित्र्याउने क्रममा ६ वटा सुनका डल्ला फेला परेका हुन् । पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गर्ने तयारी भैरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया