बिहीबार, जेठ १०, २०८१

बेलारुसमा राष्ट्रपति विरुद्ध प्रदर्शन

नेपालखोज २०७७ भदौ १५ गते २०:१४

एजेन्सी । बेलारुसमा राष्ट्रपति विरुद्ध भएको आन्दोलनका क्रममा १ सय २५ जना पक्राउ परेका छन् । राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोको राजीनामाको मागसहित राजधानी मिंक्समा भेला भएका हजारौं प्रदर्शनकारीहरुले सरकार विरुद्ध नारा लगाउनुका साथै सडकमा सुतेर विरोध गरेका छन् ।

गत अगष्टमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा धाँधली गरी लुकासेन्को राष्ट्रपति बनेको भन्दै तत्काल पद त्याग गर्न प्रदर्शनकारीहरुले माग गरेका छन् । केही प्रदर्शनकारीहरु राष्ट्रपति निवासतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच झडप समेत भएको छ ।

बिगत २६ वर्षदेखि लगातार राष्ट्रपति रहेका ६६ लुकासेन्को उमेर हदका कारण पनि पदमा बस्न लायक नभएको भन्दै प्रदर्शनकारीहरुले राजीनामा नदिएसम्म प्रदर्शन जारी रहने चेतावनी दिएका छन् ।

यता राष्ट्रपति लुकासेन्कोले निर्वाचनमा धाँधली नभएको भन्दै आफू कुनै पनि हालतमा पद त्याग गर्ने पक्षमा नरहेको अडान दोहो¥याउँदै आएका छन् ।

प्रतिक्रिया