बिहीबार, वैशाख १३, २०८१

अमेरिकामा भारतीय युवतीको हत्या

नेपालखोज २०७६ मंसिर १० गते १०:२४

एजेन्सी । अमेरिकाको सिकागोमा एक भारतीय युवतीको यौनदुर्व्यवहार पछि घाँटी थिचेर हत्या गरिएको छ ।

भारतको हैदरावादकी १९ वर्षीया रूथ जर्ज युनिभर्सिटी अफ इलिनोइसमा अध्ययनरत विद्यार्थी हुन् । शुक्रबार एक युवाले क्याम्पसदेखि रूथलाई पछ्याउँदै आएको सिसिटिभी फुटेजमा देखिएको छ ।

रूथको शव शनिबार विश्वविद्यालय नजिकै एक कारको पछाडिको सिटमा भेटिएको थियो । अस्पतालमा शव परीक्षण गर्दा उनको घाँटी थिचेर हत्या भएको पुष्टी भएको अधिकारीहरुले बताएका छन् ।

प्रहरीले रूथको हत्या अभियोगमा आइतबार २६ वर्षीय डोनाल्ड थरम्यानलाई पक्राउ गरेको छ । अभियुक्तले आरोप स्वीकारि सकेको प्रहरीले जनाएको छ । थरम्यान सोही विश्वविद्यालयका विद्यार्थी भने होइनन् ।

प्रतिक्रिया