बिहीबार, वैशाख १३, २०८१

मृत्यु पश्चात मानिसको शरीरमा के के परीवर्तन हुन्छ ? पढ्नुहोस ।

नेपालखोज २०७६ मंसिर १० गते ११:००

जन्म लिएपछी हरेक प्राणीको मृत्यु हुन्छ अर्थात मृत्यु सत्य हो । धर्म, विज्ञान सबैले मृत्यु निश्चित छ भन्छ । विज्ञानको अनुसार मानिसको मृत्यु भइसकेपछी पनि भौतिक शरिरमा केही परीवर्तन आउछन् जुन यस्ता छन् ।

  • कपाल बढ्नुः  मृत्युपछी पनि मानिसको कपाल बढ्छ भनेर हामीले सुन्दै आएको छौं तर वास्तवमा कपाल केही हदसम्म बढ्न सक्छ । मृत्यु पछि मानिसको छाला खुम्चदै जाने भएकोले बढेको जस्तो देखिन्छ ।
  • नङ बढ्नुः  नङ बढ्ने कुरा पनि पुर्ण रूपमा साचो होइन मृत्यु पछि मानिसको छाला खुम्चदै जाने भएकोले नङ बढेको जस्तो देखिन्छ ।
  • पाचन प्रणालीः  मानिसको मृत्यु पश्चात पनि शरिरमा पाइने केही शुक्ष्म जिवहरू जिवितनै रहन्छन् । जसमा प्यारासाइटिक हुन्छ यसले खानेकुरा पचाउछ ।

प्रतिक्रिया