बुधबार, वैशाख १२, २०८१

राजधानीका १८ वटा बैंकबाट लाखौं चोरीकाे गरेकाे आरोपमा ६ जना पक्राउ

नेपालखोज २०७६ मंसिर ११ गते १२:०४

११ मंसिर, काठमाडौं । काठमाडौंका विभिन्न १८ वटा बैंकबाट १९ लाख रुपैयाँभन्दा बढी चोरी भएकाे छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानबाट साे रकम चोरी भएको पुष्टि भएको छ ।

अहिलेसम्म १९ लाख १९ हजार रुपैयाँ बरामद भएकाे र चोरीमा संलग्न भएको आरोपमा ६ जना नेपाली नागरीकलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

चोरीकाे शैली हेर्दा बैंकका कर्मचारीको सहयोगविना असम्भव रहेकाे अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । यो घटनामा फर्जी कागजको प्रयोगबाट चेक बनाएर अनाधकृत रुपमा रकम निकालेको भेटिएको प्रहरी बताउँछ ।

कुन कुन बैंकबाट कति चोरी भयो याे अनुसन्धान भइरहेकाे छ । दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीकाे तयारी छ ।

प्रतिक्रिया