रास्वपाको सचिवालय बैठक आज बस्ने

नेपालखोज २०८२ असोज २४ गते १०:२०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएकाे छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज बिहान ११ बजे बोलाइएको छ ।

बैठकमा पार्टीको विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान र सद्भाव यात्राको कार्यसूची लगायतका विषयमा छलफल गर्ने एजेण्डा छ ।

असोज २२ गतेको बैठकको निरन्तरता अनुरुप आज सचिवालयको बैठक बस्न लागेको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया