शनिबार, जेठ ५, २०८१

कर्मचारीकाे दक्षता बढाउन’नबिल डिजी वर्कस्पेस’

नेपालखोज २०७८ भदौ २१ गते १३:३२


काठमाडौ । हरेक पक्षमा अग्रपङ्तीमा रहेको नबिल बैंकले कुनै न कुनै नविनतम काम गर्दै आईरहेको छ ।

यसै क्रममा बैंकले कर्मचारी दक्षता स्तरोन्नती गर्न ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको छ । यसले हाल चलनमा रहेको इन्टरनेट विस्थापित गर्ने छ । सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन् र विद्युतिय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ ।

नबिल डिजी वर्कस्पेसको उद्घाटन गर्दै बैंकका अध्यक्ष उपेनप्रसाद पौड्यालले कागज विहिन काम गर्ने वातावरण अबको आवश्यकता भएको बताए । सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्विकृत गरे ।
नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नुपर्ने काम कहाँ छन, कोसँग छन् तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन् । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्ने कुरामा बैंक विश्वस्त छ । अबका दिनमा फाइल स्विकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउनेछन र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्विकृत गर्न सक्नेछन । यसले कागजी प्रकृया तिब्र रुपमा अनिर्णित कामहरु सम्पादन गर्न सहयोग पुग्नेछ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दे आएको नबिल बैंकको १३५ शाखा, १७६ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्गविकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम् आधुनिक बैंकिङ्ग युगको सुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

प्रतिक्रिया