बिहीबार, चैत १५, २०८०

खुलेकी वर्षा अनि रातो सारी

नेपालखोज २०७६ मंसिर १२ गते १४:२१

१२ मंसिर, काठमाडौँ । नायिका वर्षा राउत अमेरिकामा पुगेकी छिन् । अमेरिकामा आयोजना हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा उनी सहभागी हुनेछिन् ।

उनै, वर्षाले सामाजिक संजाल इन्स्टाग्राममा पोष्ट गरेको केही तस्वीरले भने उनका फ्यानको ध्यान खिचेको छ । वर्षाले रातो सारीमा खिचिएका केही तस्वीर इन्स्टाग्राममा पोष्ट गर्दै दर्शकको प्रतिक्रियाको अपेक्षा गरेकी छिन् । नायिका राउत बिहेपछि पनि सारीमा कमै मात्र देखिएकी छिन् । उनले, लगाएको रातो सारीमा उनलाई निकै नै सुहाएको देखिन्छ ।

चलचित्र ‘जात्रै जात्रा’को सफलतापछि चलचित्रमा काम गर्न वर्षा डराएकी छिन् । बरु, उनी अहिले म्यूजिक भिडियोसँगै विदेश यात्रामा बढी व्यस्त भएको पाइन्छ ।

प्रतिक्रिया