बिहीबार, वैशाख १३, २०८१

निजी जीवनमा यसरी खुलेका छन् बलिउड स्टार !

नेपालखोज २०७८ भदौ २३ गते ११:४८

काठमाडौं । सार्वजनिक जीवनमा आएपछि कलाकारहरु धेरै कुराले बाँधिन्छन् । समाज जतिसुकै अगाडि बढे पनि कतिपय बाधा वा पर्खालको पालना सबैले गर्नैपर्छ । अझ कलाकारहरु त बढी अनुशासित मन पराइन्छ वा उनीहरुबाट एउटा आदर्श छविको अपेक्षा गरिन्छ । त्यसैले पनि कलाकारहरु निजी जीवनलाई बढी नै गोप्य राख्न चाहन्छन् । तैपनि उनीहरुका सबै कुरा बाहिर आइहाल्छ । कतिपय प्रसंगमा त उनीहरु आफैंले पनि कुरा खुस्काइरहेका हुन्छन् । बलिउडका कलाकारहरुले पनि कतिपय प्रसंगमा निजी जीवनको किताब खोलेका छन् ।चर्चित फिल्ममेकर करण जौहरले आफ्नो बायोग्राफीमा के खुलासा गरेका छन् भने उनले आफ्नो कुमारत्व २६ वर्षको उमेरमा गुमाएका थिए । एकपटक नायक अर्जुन कपुरले भने कि मानिसलाई प्रेमभन्दा बढी आवश्यकता शारीरिक चाहनाको हुन्छ ।

करण जौहरको ‘कफी विथ करण’ एकताका निकै चर्चित थियो जसमा कतिपय कलाकारले आफ्नो जीवनबारे खुलेर कुरा गरेका छन् । करणको उक्त शोमा नायक इमरान हासमीले एउटा रहस्य खोलेका छन् । इमरानसँग तपाईंलाई आफ्नो जवानीको कुन कुरा बढी सम्झना आउँछ ? भनेर सोधिएपछि उनको जवाफ थियो- म आफ्नो एउटा वन नाइट स्टेको कुरा कहिल्यै भुल्दिनँ ।

‘कफी विथ करण’ मै शाहिद कपुरले आफ्नो निजी जीवनबारे एउटा ठूलो खुलासा गरेका थिए । उक्त टिभी शोमा उनले भने कि- उनले आफ्नी श्रीमती मीरा कपुरसँग कारमै शारीरिक सम्बन्ध राखेका छन् ।

नेहा धुपियाको अर्को टक शोमा नायिका सोनम कपुरले के भनिन् भने- उनले कहिल्यै पनि आफ्ना को-स्टार्स सँग फिजिकल रिलेसन राखिनन् ।

बलिउड अभिनेता रणवीर सिंहले एकपटक मिडियालाई के बताए भने- उनले सानै उमेरमा आफ्नो भर्जिनिटी गुमाएका थिए । उनले के पनि भनेका छन् भने- यही कारणले उनका साथीहरुका आमाहरुलाई लाग्थ्यो कि उनको संगतमा परे उनीहरुका छोरा पनि बिग्रन्छन् ।

एकपटक रणवीर सिंहसँगको आफ्नो निजी जीवनको रहस्य खोल्दै उनकी श्रीमति दीपिका पादुकोणले के भनेकी छन् भने- सेक्स फिजिकल हुनेभन्दा पनि बढी भावनासँग जोडिएको कुरा हो ।

ट्‌विंकल खन्नाका अनुसार शारीरिक सम्बन्ध जीवनको हरेक चरणमा आवश्यक छ । उनले के पनि भनेकी छन् भने- अक्षय कुमारलाई उनी किन आकर्षक मान्छिन् भने उनी समयसँगै बदलिन्छन् ।

बलिउडका चार्मिंङ स्टार रणवीर कपुरले एक अन्तर्वार्तामा के बताएका छन् भने- उनले १५ वर्षको उमेरमै कुमारत्व लुज गरेका थिए । यता करण जौहरको शोमा बलिउडका एक खान सलमानले के दाबी गरे भने उनी अहिलेसम्म कुमार नै छन् ।
-भारतीय विभिन्न सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया