शुक्रबार, चैत १६, २०८०

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, अझैँ केही दिन अस्पतालमै राखिने

नेपालखोज २०७६ मंसिर १३ गते १०:१३

१३ मंसिर, काठमाण्डौँ । एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ ।

स्वास्थ्यमा क्रमिक सुधार भए पनि डाक्टरको निगरानीमा राख्नुपर्ने भएकाले उनलाई अझै केही दिन अस्पतालको सघन उपचार कक्ष अर्थात् आईसीयूमै राखेर उपचार गरिने डाक्टरले बताएका छन् ।

गएको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टरमा उपचार भैरहेको छ । उनको मिर्गौलामा समस्या भएपछि केही समयदेखि नियमित डायलासिस पनि गरिँदै आइएको छ ।

प्रतिक्रिया