शुक्रबार, वैशाख ७, २०८१

सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्कियोः ७ जनाको मृत्यु

नेपालखोज २०७६ मंसिर १५ गते ८:२२

१५ मंसिर, विराटनगर । सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ । विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक शनिबार राति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो ।

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माले दुर्घटनाको पुष्टि गर्दै त्यसमा सवार सात जनाको ज्यान गएको बताए ।
दुर्घटनामा ज्यान गुमाउनेमा वर्ष ३४ को दुर्गाधन राई, २८ का टेकेन्द्र राई, ५० को तुलबहादुर राई, वर्ष ३१ को दिनेश राई र वर्ष ३५ मुकेश राई र शिवमाया राई छन् ।

त्यस्तै, एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको छ । मृतकमध्ये ६ जना आफन्त हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया