शुक्रबार, वैशाख ७, २०८१

शिक्षामा बालबालिकाको सहयोगकालागि फर्निचर सहित शैक्षिक सामग्री वितरण

नेपालखोज २०७६ मंसिर १६ गते १७:५५

१६ मंसिर, लम्की कैलाली । गुड नेवर्स इन्टरनेशनल नेपाल कैलालीले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १, भुरुवामा रहेको बालकल्याण माविको प्रारम्भिक बाल विकास केन्द्रलाई फर्निचर तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।

गुड नेवर्सले सहयोग तथा सेवक नेपाल कैलालीको कार्यान्वयनमा सोमबार विकास केन्द्रका लागि १० थान राउन्ड टेबुल, २ थान डिस्प्ले र्याक , ८२ थान कुसन, १०३ मिटर कार्पेट, १०३ मिटर पी. फोम, १ थान मेटरियल र्याक , १ थान सुज र्याक लगायत शैक्षिक सामग्री प्रदान गरेको हो ।

त्यसैगरी विद्यालयमा रहेका २ वटा बाल विकास कक्षामा पेन्टिङ गर्नुका साथै कक्षा कोठाका लागि आवश्यक पर्ने विभिन्न चार्टहरु समेत उपलब्ध गराइएको सेवक नेपाल कैलालीका शिक्षा विकास अधिकृत प्रेमकुमार चौधरीले जानकारी दिए ।

गुड नेवर्स इन्टरनेशनल नेपाल कैलाली र सेवक नेपाल कैलालीले लम्कीचुहा नगरपालिकाको बालकल्याण मावि भुरुवा र सरस्वती मावि भुरुवा टीकापुर नगरपालिकाको ज्ञानोदय प्रावि प्रेमनगर र राष्ट्रिय मावि मनिकापुर तथा बर्दगोरिया गाउँपालिकाको जनता आधारभूत विद्यालय कोइली भुरुवालाई प्रती विद्यालय करिब २ लाख बराबरको सामाग्री सहयोग उपलब्ध गराइएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपाल कैलाली र सेवक नेपाल कैलालीले लम्कीचुहा, टीकापुर नगरपालिका तथा बर्दगोरिया, जानकी गाउँपालिकामा शिक्षा, स्वास्थ्य र जिविकोपार्जनका क्षेत्रमा विगत ९ वर्षदेखि विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । — रंगप्रसाद तिमिल्सैना

प्रतिक्रिया