आइतबार, जेठ ६, २०८१

शिक्षक विदेशिएपछि अध्यक्ष आफैँ पढाउँदै

नेपालखोज २०८० मंसिर १० गते १९:५७

बेलबारी (मोरङ) । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैं विद्यार्थीलाई अध्यापन गराउन थालेका छन् ।

विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारीले स्वेच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीको पठनपाठनमा बाधा नपुगोस् भनेर अर्को शिक्षकको व्यवस्था नभएसम्म आफैँ अध्यापन गर्न थालेको अध्यक्ष गोविन्द भण्डारी बताउछन् । अध्यक्ष भण्डारी सोही विद्यालयका पूर्व विज्ञान शिक्षकका साथै प्रधानध्यापकसमेत थिए ।

शिक्षक भूपराज अधिकारीसँगै उ्नकी श्रीमती भारती अधिकारी पनि बेलबारी ३ मा रहेको भगवती माविमा निम्न माध्यमिक तह विज्ञान दरबन्दीको शिक्षक थिईन् । उनले पनि शिक्षण पेसाबाट राजीनामा दिएर वैदेशिक रोजगारीमा गएकी छिन् ।

प्रतिक्रिया