शुक्रबार, वैशाख १४, २०८१

जीप दुर्घटनाका १० जनाको सामूहिक दाहासंस्कार, गाउँपालिकाले दियो शोक विदा

नेपालखोज २०७६ मंसिर १८ गते ८:५१

१८ मंसिर, गुल्मी । मंगलबार बिहान गुल्मीको ईश्मा देखि देवाली पुजामा बाग्लुङ जाँदै गरेको जीप दुर्घटनामा १४ जनाको मृत्यु भएका मध्ये १० जनाको सामूहिक दाहासंस्कार गरिएको छ। मंगलबार राती ईश्मा गाउँपालिका वडा नं ४ की ३० वर्षीया सुचना कार्की, ४० की सिता कार्की, ६५ की झवी कार्की, ४० का महेन्द्र कार्की, ४५ की भूमि कार्की, २५ की मिना बस्नेत ६५ का धन बहादुर कार्की, बालिका अनुष्का कार्की वडा नं ५ की बसुन्धरा कार्की, वडानम्बर ३ की माया थापाको सामूहिक रुपमा दाहासंसकार गरिएको छ।

उनीहरुलाई ईश्मा गाउँपालिकाको हुलाके छल्दीमा सामूहिक रुपमा दाहासंस्कार गरिएको हो। मृतक मध्ये जीप चालक ईश्मा गाउँपालिका वडा नं ४ का रेशम थापाको आफनै संस्कारमा दाहासंस्कार गरिएको पारीवारीक स्रोतले जनाएको छ। यस्तै बागलुङको बडिगाड गाउँपालिका ५ की ५५ बर्षकी लक्ष्मी केसीको बडिगाडमै, नवलपरासी बर्दघाट नगरपालिका २ की ६० बर्षकी मुना कार्की र कन्चनपुरका ५५ वर्षिय धन बहादुर कार्कीको शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

यस्तै सोही जीपमा सवार इश्मा गाउँपालिका वडा नं ४का ६५ बर्षिय धन बहादुर कार्की बाटामुनिका बेपता रहेको बताइएको छ। घाइते तीन जनाको काठमाडौंको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ। घाइतेहरुमा नवलपरासी बर्दघाटका जीवन कार्की, ईश्मा गाउँपालिका–४ का बालक हिमाल कार्की र निमा केशीलाई सेनाको हेलिकोप्टर मार्फत पुर्वमन्त्री तथा सांसद गोकर्ण विष्टको पहलमा उपचार भइरहेको छ।

ईश्मा गाउँपालिकामा आज शोक विदा
जीप दुर्घटना ईश्माका ११ जनाको मृत्यु भएको र सिंगो गाउँनै शोकमा परेकाले गाउँपालिकाले बुधबार शोक विदा दिएको छ। गाउँपालिका अन्र्तगत सम्पुर्ण कार्यलयहरु, शिक्षण संस्थाहरु बन्द गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए। साथै मृत आत्मको चिरशान्तीको कमना गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्रस्वास्थ्य लाभको कामना समेत गरेको छ।

प्रतिक्रिया