शुक्रबार, वैशाख ७, २०८१

शवको पहिचान भएन

नेपालखोज २०७७ वैशाख ९ गते १७:४०

काभ्रे । सुनकोशी नदीमा भेटिएको दुई शवको पहिचान अझै हुन नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार चौरीदेउराली गाउँपालिका–७ दोभानटारस्थित सुनकोशी किनारामा गत चैत २० गते भेटिएको अन्दाजी २५÷३० वर्षीया महिला र तेमाल गाउँपालिका–६ मात्थेकोशी दोभानस्थित सुनकोशी नदीको किनारामा वैशाख ६ गते फेला परेको पुरुषको शव अझैसम्म पहिचान हुन नसकेको हो ।

चौरीदेउराली गाउँपालिका–७ दोभानटारस्थित सुनकोशी नदीको किनारामा माछा मार्ने बल्छीको डोरी खुट्टामा अड्की पानीमा घोप्टो परेर तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको थियो । स्थानीय बासिन्दाले उक्त लास देखेपछि प्रहरीलाई खबर गरेको र घटनास्थल लास जाँच मुचुल्का समेतको कार्य पूरा गरी शवपरीक्षण, आफन्तको खोजतलास एवं सनाखतका लागि शिक्षण अस्पतालस्थित फोरेन्सिक मेडिसिन विभागमा राखिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

त्यस्तै तेमालका पुरुषको लास पानीमा तैरिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । शवपरीक्षण र आफन्तको खोजतलास तथा सनाखतका लागि शिरमेरोरियल अस्पताल बनेपामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया