शुक्रबार, वैशाख १४, २०८१

ट्रकले बालिकालाई ठक्कर दिएपछि कोहलपुरमा स्थिति तनावग्रस्त

नेपालखोज २०७६ मंसिर २२ गते ११:३५

२२ मंसिर, कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि त्यहाँ स्थिति तनावग्रस्त भएको छ । यो घटना आइतबार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकको हो । स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान भइरहेको छ । दर्जनौं गाडीहरु बीच सडकमै रोकिएका छन् । प्रहरीले बल प्रयोग गरेर बाटो खुलाउने प्रयास गरिरहेको छ । सडकमा बालिकाको शरीरका अंग क्षतविक्षत अवस्थामा देखिन्छ ।

प्रतिक्रिया