उद्योग मैत्री कानुन देउ सरकार : अध्यक्ष कटुवाल
२३ मंसिर, सुनसरी । ग्रील तथा स्टील व्यवसायी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालमा आबद्ध यस संघले आफ्नो पहिलो साधारण सभा सुनसरीको इटहरीमा सम्पन्न गरेको हो ।साधारण सभाले सोभितमान कटुवालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।
सुनसरीको यस साधारण सभामा उद्योगिहरुविच साना उद्योग लगायत उद्योग क्षेत्रको समग्र अवस्था र सरकारले औद्योगित क्षेत्रमा सहजता सृजना गर्न सरकारले खेल्नुपर्ने भुमिका माथि विचार विमर्श भएका थिए ।
सभामा प्रदेश सांसद सर्वध्वज सावाले उद्योगक्षेत्र मैत्री कानुनहरु आवश्यक भएकाले यसकालागि आफुले सक्दो सहयोग गर्ने बताए ।
यसैगरी , ग्रील तथा स्टील ब्यवसायी महासघका अध्यक्ष मोहन कटुवालले ग्रील तथा स्टील व्यवसायलाई व्यवस्थित बनाउन सबैलाई आग्रह गरे । उनले सरकारले औद्योगिक क्षेत्रलाई अगाडि बढ्न सहज वातावरण सृजना गरिदिन माग गर्दै मुलुकको अर्थतन्त्रमा ग्रील तथा स्टीलले महत्वपुर्ण भुमिका खेलेको दाबी गरे । उनले साना उद्योगिलाई सरकारले विशेष ग्राहेता दिदै लैजानुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ग्रील तथा स्टील ब्यवसायी महासघका सुनसरी जिल्ला अध्यक्ष बज्र सुब्बाले सरकारले अवैध रुपमा सञ्चालित उद्योगलाई कानुनी दायरामा ल्याउँदै अघि वैध उद्योगको सहजताकालागि बलियो भुमिका खेल्नुपर्ने बताए ।
प्रतिक्रिया