आइतबार, पुष ६, २०८२

भारतलाई हराउँदै बक्सर मिनुले रचिन इतिहास

नेपालखोज २०७६ मंसिर २३ गते १५:४३

२३ मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बक्सिङबाट नेपाललाई पहिलो स्वर्ण जिताउँदै मिनु गुरु«ले इतिहास रचेकी छन् ।

गुरुङले ५४ केजी तौल समूहमा भारतीय बक्सरलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। फाइनल भिडन्तमा मिनुले भारतकी शिक्षालाई अंकको आधारमा पराजित गरिन्।

यसअघि ४८ केजी तौल समूहमा नेपालकी ललिता महर्जन स्वर्ण जित्नबाट चुकेकी थिइन्। उनलाई भारतकी श्रीरिभाषनले पराजित गरेकी थिइन्।

प्रतिक्रिया