आइतबार, वैशाख ३०, २०८१

फिल्म ‘पानीपत’को विरोधमा राजस्थान बासी, हलमा तोडफोटसहित आगजनी

नेपालखोज २०७६ मंसिर २४ गते ८:३९

एजेन्सी । राजस्थानका स्थानिय यसै साता शुक्रबार प्रदर्शनमा आएको बलिउड फिल्म ‘पानीपत’को विरोधमा उत्रिएका छन् । यस फिल्मले आफूहरूको गौरवशाली इतिहासलाई खराब रूपमा प्रस्तुत गरेको भन्दै जाट समुदायले यो फिल्मलाई देशव्यापी रूपमा प्रदर्शन रोक्नुपर्ने माग गरेका छन् ।

राजस्थानका सिनेमा हलमा उनिहरुले तोडफोड र आगलागी गरेपछि सो क्षेत्रका सिनेमा हल सुरक्षाको कारण देखाउँदै बन्द गरिएका छन् । शुक्रवारबाट प्रर्दशनमा आएको फिल्म ‘पानीपत’ मा अर्जन कपुर, सञ्जय दत्त, कृति सेनन आदिको अभिनय रहेको छ ।

राजस्थानका जाट समुदायको युवाले एउटा सिनेमा हलमा तोडफोड र आगजनि गरेपछि त्यहाँका बाँकी सिनेमा हल अहिले बन्द गरिएका छन् ।

प्रतिक्रिया