बिहीबार, वैशाख १३, २०८१

साग : पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण

नेपालखोज २०७६ मंसिर २४ गते १६:५५

२४ मंसिर, काठमाडौँ। १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटान माथि जित हात पारेको छ ।

नेपालले भुटानलाई २—१ गोल अन्र्तरले पराजित गरेको हो । खेलमा पहिलो १६ औँ मिनेटमा नै अभिषेक रिजालले गरेको गोलले  नेपालले अग्रता लिएको थियो । त्यसको जवाफी गोल पहिलो हाफको ३७ औँ मिनेटमा नै चेन्चो ग्याल्सेनले गरेको गोलले  भुटान  बराबरीमा आएको थियो ।

तर, दोस्रो हाफको ५४ औ मिनेटमा नेपालका सुनिल बलको गोल नेपालकालागि जितको निर्णयक गोल बन्यो । गोल गरेसँगै उनले इटालियन फुटबल खेलाडी मारियो बालोट्यालीकै शैलीमा गोलको उत्सव मनाए ।

तर उनको उत्सव शैलीलाई रेफ्रिले भने पहेलो कार्ड देखाउँदै सजायँ दिएका थिए । रेफ्रिको सजायँको मतलब नगरी घरेलु समर्थकलाई खुशी बनाउन उनले सेल्फी खिच्दै खेलको माहोललाई थप उत्साहित बनाएका थिए ।

 

 

प्रतिक्रिया