शनिबार, वैशाख १५, २०८१

घुँडा दुखाईको समस्या छ ? बच्न यी ५ खानेकुरा खानुहोस्

नेपालखोज २०७६ मंसिर २६ गते ६:५२

एक अध्ययन अनुसार चिसो मौसममा शरीरले तातोक्रम सञ्चित गरेर राख्दछ र रगतको अधिकमात्र शरीरको केन्द्रमा रहेको अंगहरू मुटु वा फोक्सोमा पठाउँदछ। जसका कारण पाखुरा, खुट्टा, काँध, घुँडाका जोर्नीका रक्तवाहिकाहरू संकुचित हुनेगर्दछन् र कम रक्त प्रवाहले ती भागहरुमा चिसो मौसममा असजिलो र पीडा निम्त्याउने गर्दछ । चिसो मौसममा घुँडा तथा जोर्नीको दुखाईबाट राहत पाउन निम्न खानेकुरा सेवन गर्न सकिन्छ ।

१) गाँजरः पुरातन चिनियाँ उपचारको पद्धतिअनुसार गाँजर हरेक किसिमको जोर्नी दुखाईका लागि उपयोगी भएको उल्लेख गरिएको छ। यसमा पाइने बिटा क्यारोटीन र भिटामिन ए दुवै जोर्नी र हड्डीको लागि शक्तिशाली मानिन्छ। गाँजरमा पाइने पोषकतत्वको पूर्ण फाइदा लिन यसलाई सलादको रुपमा खानु भन्दा पकाएर खानु उपयोगी हुन्छ।

२) ओखरः बदामहरुको वर्गीकरणमा ओखरलाइ राजा मानिने गरिएको छ । यसमा पाइने ओमेगा ३ पÞm्यट्टि एसिड र एन्टीआक्सीडन्टले जोर्नी दुख्ने समस्या निर्मुल गर्दछ। अध्ययनका अनुसार यसमा भएको उच्च क्यालोरीले जंक फूडको तलतलतालाई पनि मेटाउने गर्दछ र यसले शरीरको तौल कम गर्न पनि मद्दत गर्दछ।

३) तोरीको तेलः खानामा तोरीको तेल प्रयोग गर्दा निकै स्वादिष्ट हुने गर्छ। उचित मात्रामा शुद्ध तोरीको तेल सेवन गर्दा स्वास्थलाई सकारत्मक फाइदा पुग्ने गर्दछ। त्यसैगरि शुद्ध तोरीको तेलले दुखेको ठाउँमा मालिस गर्दा नशाहरु तन्किनुका साथै रगत संचालन पनि राम्रोसँग हुने गर्दछ।

४) बेसारः घुँडा वा जोर्नी दुखाईका लागि बेसार एक प्रभावकारी प्राकृतिक उपचार हो । बेसारमा पाइने कुरक्यूमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र दुखाई कम गर्न सहयोग गर्छ ।

५) अदुवाः अदुवाको प्राकृतिक गुणले घुँडाको दुखाईका लागि प्रभावकारी हुनेगर्छ। यसको स्वाद र बास्ना राम्रो भएकाले यसलाई काचैं खान वा पकाएर खान सकिन्छ। साथै, अदुवाले दुखेको ठाउँमा बिस्तारै मालिस पनि गर्न सकिन्छ।

प्रतिक्रिया