शुक्रबार, वैशाख ७, २०८१

बम विस्फोटका घाइतेहरूको खर्च प्रदेश सरकारले बेहोर्छः मुख्यमन्त्री राउत

नेपालखोज २०७६ मंसिर २९ गते ११:०४

२९ मंसिर, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरमा शुक्रबार राति भएको बम विस्फोट घटनाका पीडित परिवारलाई भेटेका छन् ।

आइतबार (आज) बिहानै घटना स्थल पुगेका मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने बताए। उनले मृतकका परिवारलाई राहत समेत उपलब्ध गराउने बताए।

मृतकका परिवारलाई उपलब्ध गराइने रकमबारे आउँदो मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिने उनको भनाइ छ । टोलीमा प्रदेशसभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्यन्यायधीवक्ता दिपेन्द्र झालगायतको सहभागिता रहेको थियो ।

बम बिस्फोटमा परी प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

प्रतिक्रिया