बिहीबार, वैशाख १३, २०८१

समिततिमा पेश प्रस्तावमाथि छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपालखोज २०७६ मंसिर २९ गते ११:१४

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार (आज) बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक तय भएको पार्टी कार्यालयले जनाएको छ ।

गत बिहीबार सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा पेश गरेको विभिन्न प्रस्तावमाथि छलफल गर्न कांग्रेसले बैठक डाकेको हो ।

बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी हुने छैनन्। उनी पाथिभरा गएका छन् । पौडेलले बिहीबार पनि केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए । उनले १४ औं महाधिवेशनको कार्यतालिका अहिले नै जारी गर्नुपर्ने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया