बुधबार, वैशाख १२, २०८१

नेपाल राष्ट्र बैंकको निर्देशनप्रति वित्तीय संस्था कर्मचारी संघको आपत्ति

नेपालखोज २०७६ मंसिर २९ गते ११:२०

२९ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जान नेपाल राष्ट्र बैंकले दिएको निर्देशनप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघले आपत्ति जनाएको छ ।

संघले राष्ट्र बैंकको निर्णय नसच्चिए विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएको छ । ‘सरोकारवाला निकायसँग सामान्य छलफल नै नगरी एक पक्षिय रुपमा नियामक निकायको कार्यक्षेत्र र अधिकारको दुरुपयोग गरी केन्द्रीय बैंकद्वारा मंसिर २४ गते बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा योजनामा आवद्ध हुन भनी जारी गरिएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ,’ संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

सरकारले २०७६ साउन १ गतेदेखि लागू भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले आफ्ना हकअधिकार सुनिश्चित नगरेको भन्दै योजनामा नजाने घोषणासमेत संघले गरेको छ । संघले विभिन्न विषयमा नीतिगत व्यवस्था तथा कार्यान्वयनको व्यवहारिक स्पष्टता हुनुपर्ने जनाएको छ।

‘राष्ट्र बैंकको निर्देशन अबिलम्ब फिर्ता गरी यस क्षेत्रको अन्येलता अन्त्य गर्न यस संघ जोडदार माग गर्दछ। संस्थाका कर्मचारीहरु तथा हाम्रो अपिललाई वेवास्था गरी एकपक्षिय रुपमा अघि बढेमा संघ र संघसँग आवद्ध वित्तीय क्षेत्रका सम्पूर्ण प्रतिष्ठानहरु दबाबमुलक कार्यक्रमको घोषणा गरी आन्दोलनमा जान बाध्य हुनेछ,’ संघको विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया