बिहीबार, वैशाख १३, २०८१

‘नेपालमा कर्पोरेट कल्चर बैंक तथा वित्तीय संस्थाले ल्यायो’

नेपालखोज २०७८ असार १० गते १९:१९

बैंकअनुसार सेवा-सुविधा पाउन नसकेको गुनासो धेरै छ । हामीले अधिराज्यभर वित्तीय पहुँच पुर्‍याउन पनि सकेका छैनौं ।

बैंकहरुलाई फोर्स मर्ज गराउनु हुँदैन । तर मर्जरको आवश्यकता भने पक्कै छ ।

पवन गोल्यान नेपालका अग्रपंक्तिमा गनिने व्यवसायी तथा उद्यमी हुन् । उनको योगदान बैंकिङ क्षेत्रसँगै कृषि क्षेत्रमा पनि उत्तिकै छ । उनी एनएमबि बैंकका अध्यक्ष, बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्षहरुको संगठन ‘बैंक र वित्त कम्पनी परिसंघ’ (सिबिफिन) को समेत नेतृत्व सम्हालिरहेका छन् ।
उनको विभिन्न क्षेत्रमा लगानी छ । पछिल्लो समय कृषिमा लगानी गरेसँगै उनको परिचयमा कृषि उद्यमीसमेत थपिएको छ । उनले सबै नागरिकलाई वित्तीय पहुँच गाउँगाउँमा पुर्‍याउन र साना उद्यमीका लागि काम गर्नुपर्छ भन्ने सामाजिक उत्तरदायित्व बैंकहरूले पनि बुझ्नुपर्ने बताएका छन् । देशको मेरुदण्ड नै बैंकिङ क्षेत्र भएकाले पैसा कमाउने मात्र नभइ यो क्षेत्रले राष्ट्रको आवश्यकता पनि बुझ्नुपर्ने उनको धारणा छ । बैंकिङ क्षेत्रका विविध विषयमा सिबिफिनका अध्यक्ष पवन गोल्यानसँग नेपालखोजका लागि जगत भण्डारीले गरेको कुराकानी :

हाइलाइट्स !

– आमजनता दोस्रो लहरको कारोनामा अति बढी त्रसित भए । जीवन पनि अलि कठिन पक्कै भएको छ ।
– अब सेल्फ डिसिप्लिनमा बसेर अर्थतन्त्र चलायमान बनाउनबाहेक कुनै विकल्प छैन ।
– लकडाउनमा जुन व्यवसाय चलिरहेको छ जसको पहिलाभन्दा राम्रै कारोबार भइरहेको छ । उहाँहरुले ब्याज नतिरेको खण्डमा बैंक पनि चल्न सक्दैन ।
– टुरिजम रिलेटेड सबै व्यवसाय ठप्पजस्तै छ । यसमा भने केही सहुलियत दिनैपर्छ ।
– बैंकले लुट्यो भन्ने किसिमको राष्ट्र बैंक र जनमानसको गुनासो छ । बैंक बर्दीधारी गुन्डाजस्तो भयो भन्ने कुरा बारम्बार आउँछन् ।
– मन्त्रालयको सूचनाअनुसार तेस्रो लहरको कोरोना बच्चाका लागि खतरा । बच्चाहरुका लागि २७५ वटा आईसीयू बेड हामी सबै बैंक तथा वित्तीय संस्था मिलेर बनाउने तयारी गर्दै छौं ।
– दोस्रो लहरको कोरोनामा परिवार, आफन्त वा चिनेको मान्छे बितेको अवस्था छ । म पनि त्यसबाट अछुतो छैन ।
– हामीले तीन वर्ष अघिदेखि बैंक डिजिटलाइजेसनमा ठूलो काम गरिरहेका छौं । अब खाता खोल्न, पैसा डिपोजिट गर्न, सानो लोन एप्रुभ गर्ने काम डिजिटललाइजेसनबाटै हुन्छ ।
– बैंकअनुसार सेवा-सुविधा पाउन नसकेको गुनासो धेरै छ । हामीले अधिराज्यभर वित्तीय पहुँच पुर्‍याउन पनि सकेका छैनौं ।
– देशको विकास गर्न बैंकिङ सेक्टरलाई सँगै लिएर हिँड्नैपर्छ ।
– एक-अर्कासँग प्रतिस्पर्धा हुने गरी हामी नयाँ ब्रान्च खोल्दै नखोलौं । भएका ब्रान्चलाई रिलोकेट गर्न सक्यौं भने बैंकिङ सेवा सबै ठाउँमा पुग्न सक्छ ।
– देश विकास हुन आमजनताले सजिलै प्राप्त गर्ने सक्ने वित्तीय पहुँच हुनुपर्छ ।
– फोर्स मर्ज गराउनु हुँदैन । तर मर्जरको आवश्यकता पक्कै छ ।
– केही ‘क’ वर्गका बैंक अप्ठ्यारो अवस्थामा छन् । उनीहरुलाई मर्ज गराउनुपर्छ । तर उनीहरुलाई राम्रो चलिरहेको बैंकसँग मर्ज गरायो भने ठूलो दुर्घटना हुन्छ ।
– नेपालमा ठूलो रुपमा कर्पोरेट कल्चर ल्याएको बैंक तथा वित्तीय संस्थाले हो ।
– कर्पोरेट ट्याक्सभन्दा ५ प्रतिशत इनकम ट्याक्स लाग्नुको औचित्य के-छ मैले बुझ्न सकेको छैन ।
– सरकारलाई बजेट रिसोर्सेस चाहिएका बेलामा अरु ठाउँ भएर बैंकिङ सेक्टरले राम्रो गरिरहेको छ ।
– बैंकहरुले बदमासी गर्नुमा नियमनकारी निकायको आँखा नपुगेको पनि हुन सक्छ ।
– अनहेल्दी कम्पिटिसन हामीले गर्नुहुन्न र ग्राहक मार्ने काम हामीले गर्नु हुन्न ।
– मौकामा फाइदा उठाउने काम बैंकिङ सेक्टरले गरेको सुहाउँदैन ।

‘बैंकिङ क्षेत्रले राष्ट्रको आवश्यकता पनि बुझ्नुपर्छ’

प्रतिक्रिया