शुक्रबार, वैशाख ७, २०८१

विश्वका साना देशहरुको बारेका रोचक तथ्यहरु !

नेपालखोज २०७६ मंसिर ३० गते ६:३८

विश्वमा धरै देशहरू छन् कोही ठुला छन् कोही साना । ठुला देशहरू विभिन्न कुराले चर्चा आइरहन्छन् त्यसकारण हामीलाई ति देशको बारेमा थाहा नहुने कुरा नै भएन । विश्वमा एउटा शहर जत्रो देश पनि छन् यि देशको नाम के हो क्षेत्रफल कति छ कति जनसंख्या छ यस्को बारेमा रोचक तथ्यहरू !

१. भ्याटिकन सिटी : भ्याटिकन सिटी विश्वको सबैभन्दा सानो देश हो । यो देशको क्षेत्रफल ०.४४ वर्ग किलोमिटर छ । यहाँको जनसंख्या जम्मा ८ सय रहेको छ । ८ सय जना विद्यार्थी त हाम्रो देशमा एउटा विद्यालयमा पढ्छन् ।

२. मोनाको : मोनाको विश्वको दोश्रो सानो देश हो । समुद्री लहरले छिया छिया पार्दैजाँदा यो देशको क्षेत्रफल घटिरहेको छ र अब केवल २.०२ वर्ग किलोमिटर मात्र भूमि बाँकी छ । यहाँको जनसंख्या ३७,८३१ छ ।

३. नाउरु : नाउरु विश्वको तेश्रो सानो देश हो । यसको क्षेत्रफल २१.३ वर्ग किलोमिटर रहेको छ यहाँको जनसंख्या १० हजार रहेको छ ।

४. तुभालु : विश्वको चौथो सानो देश तुभालु हो । यो देशको क्षेत्रफल २६ वर्ग किलोमिटर रहेको छ । यो देशको जनसंख्या ९,८७६ छ ।

५. सान मारिनो : विश्वको पाँचौ सानो देश सान मारिनो हो । यस्को क्षेत्रफल ६१ वर्ग किलोमिटर रहेको छ । यहाँको कुल जनसंख्या ३१,४४८ हो ।

प्रतिक्रिया