मंगलबार, चैत ११, २०८१

अर्काको श्रीमती भगाउने जात्रा

नेपालखोज २०७७ भदौ १९ गते १३:४५

एजेन्सी । यो संसारमा विभिन्न जात, धर्म र वर्गका मानिस बसोबास गर्छन् । उनीहरुको समुदाय र धर्म अनुसार फरकफरक चार्डपर्व र संस्कार छ । अझ हाम्रो देश नेपालमा त विभिन्न किसिमका जात्रा मेलाहरु भइरहेको हुन्छ । अर्काकी श्रीमती चोर्ने जात्रा सुन्दा अचम्म लाग्ला यो जात्रा अफ्रीकाको सहेल रेगिस्तानमा बस्ने बोदाब्बे जनजाती मनाउने गर्छन् । हरेक बर्ष मनाइने यो जात्राको नाम गेरवोल हो ।

Advertisement

यो जात्रामा पुरुष सबै शृंगार पटार गरेर आफू जतिसक्दो राम्रो हुन खोज्छन् । उनीहरुको लक्ष्य खासगरी विवाहित महिला रिजाउने हुन्छ । जात्रामा पुरुषहरु महिलाको मन जित्न अनेकौ हर्कत पनि गर्छन ।

जात्रामा आफ्ना पतिलाई छलेर विवाहित महिला शृंगार गरि आएका पुरुषलाई हेर्छन र मन पर्यो भने उनीहरुसंग भाग्छन । यदि कुनै विवाहित महिला पुरुषसँग भाग्न सफल भएमा उक्त समुदायका मानिस उनीहरुबीच विवाह गरिदिन्छन ।

यो जनजाती सहेल रेगिस्तानका अलावा अफ्रिकाका देशहरु नाईजर, क्यामरुन, सेन्ट्रल अफ्रिकन रिजन र नाईजेरियामा पनि पाईन्छ । जात्राको क्रममा नाचगानको पनि व्यवस्था हुन्छ । अरु बेलामा छरिएर बस्ने यो जनजाती जात्राको क्रममा एकजुट हुन्छ ।

प्रतिक्रिया