शनिबार, वैशाख १५, २०८१

कांग्रेसमा विवाद : पेलेरै जाने तयारीमा देउवा

नेपालखोज २०७६ मंसिर ३० गते ८:१२

३० मंसिर, काठमाडाैं । कांग्रेसको आन्तरिक विवाद चुलिँदै गएको छ। तीन दिनदेखि लगातार वार्ता भए पनि सहमति नजुटेपछि सभापति शेरबहादुर देउवा ‘बहुमत’बाटै अगाडि बढ्ने निष्कर्षमा पुगेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिकालाई प्रमुख एजेन्डा बनाएको छ। उक्त समूह आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा पनि सहभागी भएन। वरिष्ठ नेता पौडेल भने काठमाडौंबाहिर छन्।

महाधिवेशन कार्यतालिका समावेश नगरेको भन्दै पौडेल समूहले बिहीबारको बैठक बहिष्कार गरेको थियो। कार्यतालिका नआएसम्म बैठकमा सहभागी नहुने अडानमा यो समूह छ। यो खबर आजको अन्नपुर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया