बिहीबार, वैशाख १३, २०८१

न्यानोको लागि कोइला बालेर सुतेका आमा र दुई महिने छोराको मृत्यु

नेपालखोज २०७६ मंसिर ३० गते १०:०१

३० मंसिर, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा आमा र दुई महिने छोरा मृत अवस्थामा भेटिएका छन् । कोठा न्यानो बनाउन कोइला बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा मृत्यु भएकाे हाे । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका-८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोरा रहेकाे प्रहरीले जनाएकाे छ ।

अक्सिन अभावका कारण मृत्यु भएको हुनसक्ने प्रहरीकाे अनुमान छ । उनीहरु राति सुत्ने बेलामा तावामा कोइला बालेर सुतेका थिए । आमा-छोरा खाटमा र श्रीमान नवराज रञ्जितकार भुइँमै ओछ्यान लगाएर सुतेका थिए । बच्चालाई तेल लगाउन भन्दै सोमबार बिहान करिब तीन बजेतिर नवराज उठेर श्रीमतीलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया