धनुषामा भेटिएका शंकास्पद बस्तु सेनाद्वारा नष्ट
नेपालखोज
२०७६ मंसिर ३० गते ११:५०
३० मङ्सिर, धनुषा । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम–९ को संकटमोचन मन्दिर र बाह्रबिघा मैदान नजिकै भेटिएकाे शंकास्पद वस्तुलाई नेपाली सेना नष्ट गरेकाे छ ।
दुबै स्थानमा फेला परेको शंकास्पद बस्तु बम नरहेको र बिस्फोटक पदार्थ समेत नभएको धनुषा प्रहरी प्रवक्ता रामेस्वर कार्कीले जानकारी दिए ।
गत शुक्रबार राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा शक्तिशाली बम विस्फोटमापरि प्रहरी अधिकारी सहित ३ जनाकाे मृत्यु भएको थियो । त्यसै घटनाकाे कारण शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित बनेका थिए ।
सम्बन्धित
प्रतिक्रिया