बिहीबार, वैशाख २७, २०८१

आज मङ्गलबार गणेश भगवानको दर्शन गर्नुहोस । यस्तो छ आज तपाईको भाग्य हेर्नुहोस ।

नेपालखोज २०७६ पुष १ गते ६:१९

मङ्गलबारको दिन विशेष गरी गणेश भगवानको पुजा गरिन्छ। साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ। यस दिन व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन।

आज ०१ पौष २०७६ मंगलवार को राशिफल

मेष
वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

सिंह
विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा होला ।

तुला
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

धनु
लाभ,हानी,आय,व्यय,सुख,दु:ख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

कुम्भ
सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

बृष
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

कर्कट
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । ज्ञानमा वृद्धि हुनेछ ।

कन्या
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक हुँदैन । प्रेममा मनमुटाव आउनेछ ।

बृश्चिक
नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मकर
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

मीन
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया