बुधबार, वैशाख १२, २०८१

पुष १ गतेः राष्ट्रवादीलाई सुनौलो दिन, गणतन्त्रवादी भन्छन्, कालो दिन !

नेपालखोज २०७६ पुष १ गते ११:०८

१ पुष, काठमाडौँ ।  आज पुस १ गते ! अर्थात, जननिर्वाचित सरकारलाई अपदस्थ गरी निरंकुश पञ्चायती व्यवस्थाको थालनी गरेको दिन । २०१७ साल पुस १ गतेका दिन तत्कालीन राजा महेन्द्रले तत्कालीन सरकारले जनताको मनोभावना विपरित काम गरेको आरोप लगाउँदै सो कदम चालेका थिए ।

नेपालको राजनीतिक इतिहासमा पहिलो जननिर्वाचित प्रधानमन्त्रीको रुपमा उदाएका वीपीले चाल्ने जनपक्षीय कदम र त्यसले राजतन्त्रमाथि हुने सम्भावित खतराको संकेत देखेर महेन्द्रले सो कदम चालेको जानकारहरु बताउँछन् । नेपालको राजनीतिक इतिहासमा यो दिनलाई लोकतन्त्र र गणतन्त्रवादीहरुले कालो दिनका रुपमा लिने गर्दछन् तर, राजतन्त्र र त्योसँग जोडिएका राष्ट्रवादीहरुले सुनौलो दिनको रुपमा लिने गर्दछन् ।

नेपालको राजनीतिक इतिहासमा पहिलो जननिर्वाचित प्रधानमन्त्रीको रुपमा उदाएका वीपीले चाल्ने जनपक्षीय कदम र त्यसले राजतन्त्रमाथि हुने सम्भावित खतराको संकेत देखेर महेन्द्रले सो कदम चालेको जानकारहरु बताउँछन् । राजा महेन्द्रको सो कदमपछि मुलुकले ३० वर्ष पञ्चायतकालीन शासन व्यवस्थाबाट गुज्रनु परेको केहि राजनीतिक विश्लेषकहरुको बुझाइ छ ।

तर, राजनीतिक संक्रमणमा थोरै पनि गडबडी हुँदा कस्तो स्थिति आइलाग्छ भन्ने कुरा अहिलेका राजनीतिक दल र त्यसको नेतृत्व गर्ने नेता तथा कार्यकर्ताहरुले समेत बुझ्न जरुरी छ । पछिल्लो समयमा मुलुक निकै संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ । इतिहासमै पहिलोपटक जनताबाट निर्वाचित प्रतिनिधिको रुपमा सरकारको नेतृत्वमा पुगेका वीपीको जस्तै हविगत अहिलेका राजनीतिक दल र त्यसको नेतृत्व गरिरहेका नेताहरुले भोग्न नपरोस् भन्नका लागि उनीहरुले अहिलेदेखि नै सचेत र इमान्दार हुन जरुरी छ ।

आफु सत्तामा नपुगुञ्जेलसम्म मात्रै जनताको घरदैलो धाउने र आफु सत्तामा पुगिसके पछि ‘आपना काम बन्ता तो, भाडमे जाए जनता’ भन्ने हिन्दी कहावतसँग हाम्रा नेताको तलमेल मिल्छ भन्दा सायदै फरक नपर्ला । आफ्नो काम नबनुञ्जेल जनतालाई झुँटा आश्वासन दिने प्रवृत्तिले साँचिक्कै जनतामा राजनीतिक दल र त्यसलाई नेतृत्व गर्ने नेतादेखि निराशा छाएको छ ।

यसले मुलुकको राजनीतिक भविष्य सुःखद हुन्छ भन्ने संकेत गरेको देखिदैन् । त्यसैले पुस १ गतेलाई कालो दिनका रुपमा मात्र नभएर हाम्रो देशका नेता तथा कार्यकताले यसलाई एउटा सिकको रुपमा लिन जरुरी रहेको राजनीतिक विश्लेषकहरुको बुझाइछ ।

प्रतिक्रिया