शुक्रबार, वैशाख १४, २०८१

एकै रात आठ ठाउँमा आगलागी

नेपालखोज २०७६ पुष १ गते १५:२५

१ पुस, पर्सा । पर्साको पोखरिया नगरपालिकाको वडा नं ४ र ५ का ८ ठाउँमा आगलागी भएको छ । ८ वटै ठाउँमा एकै पटक आगलागी हुँदा स्थानीय आतंकित भएका छन् ।

सोमबार राति करिब ९ बजेदेखि पोखरिया नगरपालिकाको वडा नम्बर ४ र ५ को विभिन्न स्थानमा आगलागीका घटना भएको प्रहरीले जनाएको छ । स्थानीयले ११ ठाउँमा आगलागी भएको दावी गरे पनि प्रहरीले ८ ठाउँमा आगलागी भएको पुष्टि गरेको छ ।

आगलागीबाट मानवीय क्षति भएको छैन । पोखरीया नगरपालिका, वीरगञ्ज महानगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरी मिलेर आगलागी मध्यरातमा नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया