बिहीबार, वैशाख १३, २०८१

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ९ गते हुने, उम्मेदवारी दर्ताको समय पुस २०

नेपालखोज २०७६ पुष २ गते १४:२७

२ पुस, काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनकालागि यहि माघ ९ गतेको मिति तोकेको छ । यसकालागि आयोगले पुस २० गते उम्मेदवारी दर्ताकोे समय तोकेको छ ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार यही पुस १७ गते मतदाता नामावली प्रकाशन गरिने र पुस २० गते उम्मेदवारी दर्ता गरिनेछ ।

दाबी विरोधलगायतका प्रक्रिया पूरा गरे पश्चात २५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गने आयोगको तालिका रहेको छ । २५ गते नै निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ ।

प्रतिक्रिया