भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न खेलकूदमन्त्रीको निर्देशन
नेपालखोज
२०७६ पुष २ गते १६:४७
२ पुस, काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले १३ औँ दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताका लागि निर्माण सम्पन्न हुन नसकेका भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा बाँकी पूर्वाधार तयार गर्न निर्देशन दिएका हुन् ।
पोखरामा सागका केही खेल सम्पन्न हुनुले यहाँको गरिमा र महत्व बढाएको मन्त्री विश्वकर्माले उल्लेख गर्दै कास्कीको घान्द्रुक, बागलुङको ढोरपाटन, मनाङ र मुस्ताङ जिल्लामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्न अभियानका रुपमा अगाडि बढाइने जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया