शुक्रबार, चैत १६, २०८०

रुकुममा प्रशासकीय अधिकृतमाथि आक्रमण, आक्रमणकारीमाथि कारबाही नभए नगरपालिकाको कामकाज ठप्प पार्ने चेतावनी

नेपालखोज २०७६ पुष ३ गते ८:०१

३ पुष, रुकुम । रुकुमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीमाथि आक्रमण भएको छ । बुधबार साँझ ६ बजे कार्यालयको काम सकेर घर फर्किइरहेका केसीमाथि राडी बजार नजिकै आक्रमण भएको हो ।

केसीको टाउकामा धारिलो हतियार प्रयोग भएको छ । उनको टाउकोमा ४ टाँका लगाइएको छ । आठबीसकोट नगरपालिका–३, का गोपाल विकले केसीमाथि आक्रमण गरेका हुन् । आक्रमण पछि फरार भएकार गोपालको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गोपाल वडा नम्बर ३ का वडाअध्यक्ष केशरमान विकका भाइ हुन् ।

आठबीसकोट नगरपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीमाथि भएको आक्रमणको भत्सर्ना गरेको छ । उपप्रमुख गीता नेपालीले विज्ञप्ति जारी गरी दोषीउपर कारबाहीको माग गरेकी छिन् ।

दुई–तीन दिनदेखि पिछा गरेर केसीमाथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैबीच नगरपालिकामा कार्यरत कर्मचारीले एक विज्ञप्ति मार्फत आक्रमणकारीमाथि कारबाही नभएसम्म नगरपालिकाको कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया