शुक्रबार, वैशाख ७, २०८१

काठमाडौंलगायत देशभर चिसो बढ्यो, तराईमा शितलहरले जनजीवन प्रभावित

नेपालखोज २०७६ पुष ३ गते ९:३८

३ पुष, काठमाडौं । पुको पहिलो दिनदेखि नै काठमाडौंलगायत देशभर चिसो ह्वात्तै बढेको छ । पश्चिमी तराईका केही स्थानमा शित लहरको अवस्था देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका अधिकांश भूभागमा भूभागमा हुस्सु र कुहिरो देखिएको महाशाखाको भनाई छ ।

पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको र तराईका भूभागमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाले अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको समेत जनाएको छ । शुक्रबारदेखि भने पश्चिमी वायुको निकै प्रभाव पर्ने जनाइएको छ । आउँदो शनिबारसम्म नै देशको पश्चिमी र मध्य भूभाग तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् मञ्जु बासीले बाह्रखरीसँगको कुराकानीमा बताएअनुसार आज बिहानको राजधानी काठमाडौंको तापक्रम हिजोको भन्दा शून्य दशमलब २ डिग्री सेल्सीयसले घटेको छ । हिजो ३ दशमलब ७ डिग्री सेल्सीयस रहेकोमा आज ३ दशमलब ५ डिग्री सेल्सीयस पुगेको छ । यद्यपि यो तापक्रम यो वर्षको सबैभन्दा कम भने होइन ।

यसअघि पानी परेको बेलामा ३ दशमलब २ डिग्री सेल्सियस सम्म तापक्रम पुगेको थियो । उनले तराईको शित लहर हिजोको भन्दा आज केही घटेको भएपनि आज साँझ सम्म जारी रहने र भोलिबाट चाहिँ कम हुने जनाइन् । उनले शित लहरको बढी प्रभाव पश्चिमी तराईमा रहेको जानकारी दिइन् ।

प्रतिक्रिया