शनिबार, वैशाख ८, २०८१

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपालखोज २०७६ पुष ४ गते ११:०३

४ पुष, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शुक्रबारका लागि बोलाइएको छ । यसअघि बुधवार बोलाइएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षधर नेताहरु उपस्थित नभएपछि कांग्रेसको बैठक आज शुक्रबारका लागि सरेको थियोे ।

कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसमिति बैठक आज शुक्रवार दिउँसो एक बजेका लागि बोलाइएको जानकारी दिए । कांग्रेसमा १४ औं महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने, भ्रातृ संगठन, विभाग लगायतमा नेता पौडल सिटौला पक्षधरको असन्तुष्टि रहँदै आएको छ ।

केही दिनयता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु उपस्थित नहुँदा बैठक निरन्तर सर्दै आएको छ ।

प्रतिक्रिया