बिहीबार, भदौ ३१, २०७८

दुर्घटना कम गर्न ड्राइभरको आँखा जाँचिदै

नेपालखोज २०७६ पुष ५ गते ८:४६

५ पुष, सिन्धुपाल्चोक । पछिल्लो समय सिन्धुपाल्चोकमा सवारी दुर्घटना बढेको र जनधनको क्षति भएपछि दुर्घटना कम गर्न जिल्ला प्रहरी कार्यालयले शुक्रबार सडकमा नै चालकको आँखा परीक्षण गराउन शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रजल्व महर्जनले सिन्धुपाल्चोको बीचस्थान पर्ने बन्देउमा ११६ जना चालकको दृष्टि तथा कलर भिजन जाँच गरिएको जानकारी दिए । दोलखा, जिरी , शैलुङगेश्वरी, रोल्वालिङ, बाह्बिसे, जलबिरे, चौतारा लगायतका स्थानबाट आउने साना ठूला सबै खाले सवारीसाधानका चालकको आँखा परीक्षण गरिएको उनले बताए ।

सुनकोशी यातयात, शैलुङगेश्वी यातयात, हिमशिखर यातयात, जलबिरे यातयात, जुगल यातयात, गौरीशंकर, सगरमाथा लगायतका यात्रुबस, मिनिबस, ट्रिपर लगायतका सवारी साधानका चालकको आँखा परीक्षण गरिएको छ । चालक सहचालक र यात्रुहरुलाई सवार र सवारीसाधानको बारे परामर्श पनि दिइएको थियो ।

उत्साहका साथ चालकहरु आँखा परीक्षण गराएका थिए । जिल्ला ट्राफिक कार्यालय अंधेरीका प्रमुख राजेशकुमार दाहालले बताए अनुसार सवारीसाधानलाई ट्रार्फिक नियम पालान गराइएको जानकारी दिए ।

सडकको दयनीय अबस्था, यान्त्रिक गढबढी, ओभरलोड लगायतका बारे सचेत गराइएको प्रहरी नायव निरिक्षक समेत रहेका दाहालले जानकारी दिए । चालक प्रकाश भट्टराइले आँखा र कलर भिजन परीक्षण गराएर दुर्घटना कम गराउन सचेत बनाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया