मंगलबार, वैशाख ११, २०८१

नेकपामा गौतमलाई उपाध्यक्ष बनाउने गरी गरिएको विधान संशोधन प्रस्ताव पारित

नेपालखोज २०७६ पुष ६ गते १६:१७

६ पुस, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी गरिएको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

गौतमलाई उपाध्यक्ष बनाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत साउन २१ गतेको सचिवालय बैठमा प्रस्ताव गरेका थिए ।

नेकपाको विधानमा उपाध्यक्षको व्यवस्था नभएका कारण सचिवालयले विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेको थियो । सो प्रस्ताव बमोजिम नेकपाको विधानमा ‘नेकपामा एक उपाध्यक्ष हुने’ व्यवस्था थप गरी विधान संशोधन गरेको स्थायी समिति सदस्य मणि थापाले जानकारी दिए ।

अब यही पुस २३ गते बस्ने केन्द्रीय समितिमा सो प्रस्तावलाई पारित गर्ने र गौतमलाई उपाध्यक्ष बनाउने नेकपाले जनाएको छ ।

प्रतिक्रिया