शुक्रबार, वैशाख ७, २०८१

ठक्कर दिने गाडी एउटा, पशुपति क्याम्पसका विद्यार्थीले जलाइदिए अर्काे गाडी

नेपालखोज २०७६ पुष ७ गते ९:३५

७ पुष, काठमाडौं । यात्रुबाहक बसकाे ठक्करबाट एकजना क्याम्पस जान लागेकी छात्रा घाइते भएकी छिन् । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत गोरखाकी २२ वर्षीया सृष्टि पन्तलाई आज (सोमबार) बिहानै बा ५ ख ५९३० नम्बरको यात्रुबाहक बसले सुकेधारा नजिकै ठक्कर दिएको थियो ।

घटनापछि आक्रोशित भएका पशुपति क्याम्पसका विद्यार्थीहरूकाे भीडले ठक्कर दिने बसकाे सट्टा अन्य गाडी चाबहिलमा जलाइदिएका छन् । विद्यार्थीकाे भीडले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने अन्य गाडी पनि तोडफोड गरेका प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट घाइते पन्तको चाबहिलकै ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिएर बस भागे पनि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया