शुक्रबार, वैशाख १४, २०८१

नेपाल बंगलादेश बैंकको २५ औँ साधारण सभा सम्पन्न

नेपालखोज २०७६ पुष ७ गते १८:२०

७ पुस, काठमाडौँ । नेपाल बंगलादेश बैंकले आफ्नो २५ औँ साधारण सभा सम्पन्न गरेको छ । बैंकले सोमबार राष्ट्रिय सभा गृहमा साधारण सभा सम्पन्न गरेको हो । सधारण सभामा बैंकका शेयरधनीहरुले मर्जर प्रकृयाका बारेमा प्रश्न गरेका थिए ।

अधिंकाश शेयरधनीले तत्काल मर्जर प्रकृया अवलम्बन नगर्न सुझाव पनि दिएका छन् । उनिहरुले मर्जरको सट्टा हकप्रद शेयर निष्कासन गरेर बैंक विस्तारको योजना ल्याउन सुझाव दिए ।

तर केही शेयरधनीले भने मर्जर प्रकृयाको आवरणमा स्वाप रेसियो घटाएर बेच्ने काम नगर्न दबाब दिए । कर्जा जोखिमको अवस्थाका सम्बन्धमा समेत शेयरधनीहरुको जिज्ञासा थियो । कर्जा जोखिमको अवस्थाका सम्बन्धमा समेत बैंक व्यवथापकले जवाफ दिएका थिए ।

प्रतिक्रिया