शुक्रबार, चैत १६, २०८०

गायक ढकाल दम्पत्तिले गरे सम्बन्ध बिच्छेद

नेपालखोज २०७६ पुष १० गते ८:२३

१०, पुष, काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहले सम्बन्ध बिच्छेद गरेका छन् । उनीहरूले बुधबार जिल्ला अदालत काठमाडौंबाट मिलापत्रकै आधारमा सम्बन्ध विच्छेद गरेका हुन् ।

ढकाल दम्पतीले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । शाहले ढकालबाट कुनै पनि प्रकारको अंश तथा मानाचामल नलिने र छोरी भने आफैले राख्ने गरी सम्बन्ध बिच्छेद गरेका हुन् ।

अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार न्यायाधीश विदुर कोइरालाले मिलापत्रका आधारमा सम्बन्ध बिच्छेद गराएका हुन् ।

प्रतिक्रिया