शनिबार, वैशाख १५, २०८१

पूर्व स्वास्थ्य सचिव श्रेष्ठको निधन

नेपालखोज २०७६ पुष १० गते १०:४४

१० पुष, काठमाडौं । पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पताल उपचाररत श्रेष्ठको (आज) बिहीबार बिहान सात बजेर ५५ मिनेटमा निधन भएको हो । एक्कासी सेप्सिस भएपछि उपचाररत रहेको अवस्थामा निधन भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘पाँच/ सातदिन अघि रुघा लागेको रहेछ । त्यसपछि नागरिक अस्पतालमा भर्ना हुनु भएको थियो। धेरै लामो बिरामी होइन् ।’

उनको स्वास्थ बिग्रँदै गएपछि थप उपचारका लागि बुधबार शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले धेरै प्रयास गर्दा पनि बचाउन नसकिएको प्रवक्ता श्रेष्ठले बताए ।

श्रेष्ठलाई रुघाखोकी र निमोनियाका साथ सेप्सिस भएको बताइएको छ । किटाणु रगतमा सञ्चार भएर संक्रमणको जटिलता हुने अवस्था नै सेप्सिस भएको उनले जानकारी दिए ।

प्रतिक्रिया