बुधबार, साउन १३, २०७८

नेप्सेमा २ कम्पनीको बोनस शेयरको मूल्य समायोजन

नेपालखोज २०७६ पुष १० गते ११:१३

पुस १०, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ ।

नेप्सेमा स्पर्स लघुवित्त वित्तिय संस्था र अरुण भ्याली हाईड्रोपावरको मूल्य समायोजन भएको हो ।

नेप्सेले स्पर्स लघुवित्तको १३ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ५४९ दशमलव ५६ र अरुण भ्याली हाईड्रोपावरको ७ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ९१ दशमलव ५९ तोकेको छ ।

प्रतिक्रिया