बिहीबार, चैत १५, २०८०

जाडो मौषममा स्वस्थ रहने तरिका

नेपालखोज २०७६ पुष ११ गते ७:२२

अहिले देशभरको मौसम चिसो भइरहेको छ । काठमाडौंको मौसम १ डिग्री सेल्सियसमा झर्दा मनाङमा तापक्रम माइनसमा पुगेको छ । यस्तो अवस्थामा विशेषा ख्याल र्पुयाउन आवश्यक छ । जाडोमा पनि आफ्नो स्वास्थ्य मजबुद बनाउन तपाईंले निम्न उपाय अपनाउनुहोस् स्

१. अत्यधिक पानी पिउनुपर्छ
लामो यात्रामा निस्कनुभन्दा अघि प्रशस्त पानी पिउनुपर्छ । यसले मौसम जति नै चिसो भयो भने पनि शरीर भित्रको वायु श्वासनलीसम्म पुग्दा तातो नै रहने गर्छ । ड्राइ एयर प्यासेजको समस्याबाट बच्नका लागि पनि यात्रामा निस्कनुअघि पानी पिउनु निकै राम्रो उपाय मानिन्छ ।

२. तातो पेय पदार्थबाट बचौं
जाडोमा तातो पेय पदार्थ अथवा अल्कोहल लिएपछि बाहिर जानुहुँदैन । त्यसले हाम्रो रक्त बाहिनीहरुलाई शिथिल बनाइदिन्छ ।

३. शरीरलाई आराम दिनुपर्छ
सामान्य स्थितिमाभन्दा व्यायाम गरेपछि शरीरबाट १० गुणा बढी तातो वाफ निस्कन्छ । जाडो मौसममा अत्यधिक व्यायाम गर्नबाट बच्नुपर्छ ।

४.जाडोमा चिसो पानीबाट बच्नुपर्छ
जाडो मौसममा चिसो पानीमा पौडिँदा एक प्रकारको व्यायाम हुने भएकाले शरीर त तात्छ । तर, त्यो स्वास्थका लागि फाइदाजनक भने हुँदैन ।

५. चिसो हावाबाट बचौं
यदि तपाईं तीब्र गतिको हावामा टहलिरहनु भएको छ भने बिस्तारै हिँड्नुपर्छ, बिस्तारै हिँड्दा पनि तपाईंको शरीरले त्यत्ति नै फाइदा पाउँछ ।त्यस्तै जाडो मौसममा व्यायामका लागि जानुभन्दा अघि एक कप तातो चिया अथवा दुध पिउनुपर्छ । व्यायामका लागि त्यस्तो पहिरन छनोट गर्नुपर्छ । व्यायाम गरेपछि कम्तिमा तीन मिनेटपछि मात्र नुहाउनुपर्छ । व्यायाम गर्ने बित्तिकै कपडा फेर्नुहुँदैन ।

प्रतिक्रिया