आइतबार, जेठ ६, २०८१

यसकारण पानी पिउनु जरुरी

नेपालखोज २०७७ साउन २५ गते ५:१०

१. शारीरिक क्रियाकलापमा चाहेको अनुरुप सहभागी र बिना थकान सम्पन्न गर्न प्रशस्त पानी पिउनु जरुरी हुन्छ ।

२. मस्तिष्कलाई चुस्त, स्फूर्त राख्न र मानसिक कार्यलाई छिटो छरितो बनाउन पानी पिउने गर्नुस् ।

३. टाउको दुखाई कम गर्न र निको पार्न पानीको महत्वपूर्ण भमिका हुन्छ ।

४. यदि तपाईलाई कब्जियतको समस्याले सताइरहेको छ भने प्रशस्त पानी पिउने गर्नुस् समस्या निको हुन्छ ।

५. मिर्गौलामा हुने पत्थरी हटाउन तथा हुन नदिन प्रशस्त मात्रामा पानी पिउनु जरुरी हुन्छ ।

६. पानी प्रशस्त पिउनाले शरीरको मेटाबोलिज्म प्रक्रिया बढ्न जान्छ र यसले शरीरको तौल घटाउन मद्दत गर्छ ।

प्रतिक्रिया