आइतबार, असार २२, २०८२

नेकपामा सभामुख कसलाई बनाउने भन्ने टुंगो नलाग्दा संसद् बैठक सूचना टाँसेर स्थगित

नेपालखोज २०७६ पुष ११ गते १२:५२

११ पुष, काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवस सूचना टाँस गरेर स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद्को महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको सूचनामा भनिएको छ–आज मिति २०७६ साल पुस ११ गते शुक्रबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणवस बस्न नसक्ने भएकाले नेपालको संविधानको धारा ९१ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाको अध्यक्षता गर्नुहुने माननीय उपसभामुखज्यूले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को बैठक मिति २०७६ साल पुस १६ गते बुधबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा सदस्यहरुको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ ।”

प्रतिक्रिया