शुक्रबार, वैशाख १४, २०८१

आज आइतबार ‘सूर्य देव‘को पुजा गर्नुहोस। यस्तो छ तपाइँको आजको भाग्य ।

नेपालखोज २०७६ पुष १३ गते ६:३२

हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।

आज १३ पौष २०७६ आइतवार को राशिफल

मेष
बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

मिथुन
औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

सिंह
दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ ।

तुला
काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ ।

धनु
आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

कुम्भ
आज लत्ता कपडामा बढी खर्च हुनेछ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला ।

बृष
रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । वाणीमा कुशलता आउनेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

कर्कट
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

कन्या
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

बृश्चिक
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ ।

मकर
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । व्यापारमा विशेष सफलता हात लाग्नेछ ।

मीन
नाता–कुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया