शुक्रबार, वैशाख १४, २०८१

इन्भेष्टमेन्ट बैंकको १९५ लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपालखोज २०७६ पुष १३ गते ११:०५

१३ पुष, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको १९५ लाभांश सुरक्षित गर्ने आज आइतबार (पुस १३ गते) अन्तिम दिन हो । बैंकले सभा प्रयोजनका लागि पुस १४ गते सोमबारदेखि बुक क्लोज गर्दैछ । बैंकको ३३ औं वार्षिक साधारण सभा पुस २८ गते बस्ने भएको छ । राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा बिहान १० बजे सुरु यस सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको १९५ लाभांश पारित गर्ने छ ।

गत वर्षको नाफाबाट बैंकले लगानीकर्तालाई १०.५५ बोनस सेयर र ८.५५ नगद लाभांश दिने प्रस्ताव गरेको हो । कुनै बैंक वा वित्तीय संस्था प्राप्त गर्ने वा मर्जर सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । हाल यस बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया